तुलसीपुरमा उम्मेदवारको मृत्युपछि आज मनोनयन दर्ता

वडा नं १७ को हकमा ३१ वैशाख मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ। त्यसपछि मौन अवधि शुरु हुनेछ।

नेपालभ्युज

तुलसीपुरमा उम्मेदवारको मृत्युपछि आज मनोनयन दर्ता
फाइल तस्वीर

तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको छ।

एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताए।

बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ। वडा नं १७ को हकमा ३१ वैशाखदेखि मौन अवधि शुरु हुने छ भने ३१ वैशाख मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ। त्यसपछि मौन अवधि शुरु हुनेछ।

त्यस्तै, ३ जेठमा मतदानको समय तोकिएको छ। कलेजो, मिर्गौला रोगका कारण चौधरीको मृत्यु भएको हो। वडा नं १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved