हल्याण्ड १ जुलाईदेखि सिटी जाने

सिटी र डर्टमन्डबीच हल्याण्डको विषयमा सहमति बनेको दुवै क्लबले सार्वजनिक गरेका छन्।

नेपालभ्युज

हल्याण्ड १ जुलाईदेखि सिटी जाने

काठमाडौं। जर्मन लिग बुन्डेसलिगा खेलिरहेका नर्वेका युवा स्टार अर्लिङ हल्याण्ड म्यानचेस्टर सिटी जाने पक्का भएको छ।

इंग्लिस क्लब म्यानचेस्टर सिटीले एक विज्ञप्तिमार्फत जर्मन क्लब बोरुसिया डर्टमन्डसँग हल्याण्डका लागि सहमति भइसकेको जानकारी दिएको छ।

सिटी र डर्टमन्डबीच हल्याण्डको विषयमा सहमति बनेको दुवै क्लबले सार्वजनिक गरेका छन्। जसअनुसार १ जुलाईदेखि हल्याण्डले सिटीका लागि खेल्नेछन्।

२१ वर्षीय हल्याण्डसँग सिटीले पाँच वर्षको सम्झौता गर्ने बताइएको छ। उनी २०२० मा आरबी साल्जबर्गबाट डर्टमन्ड आएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved