वाईसीएलले एमाले कार्यकर्तामाथि सांघातिक हमला गरेको भन्दै कारबाही गर्न माग

नेपालभ्युज

वाईसीएलले एमाले कार्यकर्तामाथि सांघातिक हमला गरेको भन्दै कारबाही गर्न माग

काठमाडौं।नेकपा एमालेले रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ११ मा वाईसीएलले आफ्ना कार्यकर्तामाथि सांघातिक हमला गरेको भन्दै कारबाहीको माग गरेको छ। एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत दोषीमाथि अविलम्ब कानूनी कारबाही गर्न  माग गरेका हुन्छ।

स्थानीय निर्वाचन प्रचारका लागि घरदैलो कार्यक्रममा सहभागी भइरहेको स्थानमा नेकपा (माओवादी) सम्बद्व वाईसीएलका कार्यकर्ताहरुले एक्कासी सांघातिक हमला गरेको एमालेले जनाएको छ।

उक्त घटनापश्चात् घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। उक्त घटनामा वाईसीएलका कार्यकर्ताहरू कुमार सिंह, कृष्णबहादुर बुढा (किसान), विष्णु बुढा, महेन्द्र बुढा, जयकुमार बुढा, विभिचन बुढा, नजक कामी, मैते कामीलगायत करीब ४५ जनाको समूहले आक्रमण गरेको आरोप एमालेको छ।

यसैगरी घरदैलो कार्यक्रमकै क्रममा एमालेकी ३८ वर्षीय कार्यकर्ता ठूटी बुढा मगरलाई अपहरण गरी बेपत्ता बनाई एक साता बन्धक बनाई शारीरिक र मानसिक यातना दिई क्रूरतापूर्वक हत्या गरेको घटनाको एमालेले भर्त्सना गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved