एनसेलले ल्यायो चुनावलक्षित रिचार्जमा बोनस डाटा अफर

नेपालभ्युज

एनसेलले ल्यायो चुनावलक्षित रिचार्जमा बोनस डाटा अफर

काठमाडौं। एनसेल आजियाटा लिमिटेडले स्थानिय चुनाव लक्षित आकर्षक बोनस डेटा अफर ल्याएको छ। यस अफरमा ग्राहकले एनसेल एप मार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबी देखि ५०० एमबी डेटा प्राप्त गर्न सक्दछन्।

यो अफर वैशाख २३ गतेबाट लागू भइसकेको छ। जसअन्तर्गत एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन्।

एप मार्फत रु ५० देखि रु ९९ रिचार्ज गर्ने ग्राहकले १ दिनको लागि मान्य हुने ५० एमबी डेटा पाउँछन्। रु १०० देखि रु १९९ सम्मको रिचार्जमा ३ दिन समयसीमा भएको २०० एमबी डेटा पाउँछन्। त्यसैगरी रु २०० वा सो भन्दा माथिको रिचार्जमा ग्राहकले ५०० एमबी डेटा पाउँछन्।

नयाँ बोनस डेटा अफर र अन्य विद्यमान अफरहरू जस्तै कम्बो प्याक, गज्जबको दैनिक जीबी प्याक र अल–नेट भ्वाइस प्याकले ग्राहकहरूलाई सुलभ दरमा डेटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्दछ।

डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकहरूका लागि कम्बो प्याक रहेको छ जसमा ५ जीबी डेटा भोल्युम र १०० मिनेट अल नेट टक टाइम पाइन्छ। यसमा पाइने टक टाइमबाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिन्छ। कर सहित रु १६८ पर्ने यो प्याक एष्ट्रिक्स१७१२३एष्ट्रिक्स१ ह्यास डायल गरि सजिलै लिन सकिन्छ।

भ्वाइस सेवा मात्र चाहिने ग्राहकहरूले रु ९४ मा ७ दिनका लागि मान्य १५० मिनेटको अल नेट भ्वाइस प्याक लिन सक्छन्। एनसेलका प्रिपेड प्रयोगकर्ताहरूले एष्ट्रिक्स१७११८एष्ट्रिक्स३एष्ट्रिक्स३ह्यास डायल गरि यो भ्वाइस प्याक लिन सक्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved