पोखरामा गठबन्धनले नजिते धेरै ठूलो दुर्घटना हुन्छ : श्रममन्त्री किसान

नेपालभ्युज

पोखरामा गठबन्धनले नजिते धेरै ठूलो दुर्घटना हुन्छ : श्रममन्त्री किसान
फाइल तस्वीर

पोखरा। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका नेकपा एकीकृत समााजवादीका नेता कृष्णकुमार श्रेष्ठ किसानले पोखरा पोखरामा गठबन्धनले नजिते ठूलो दुर्घटना हुने चेतावनी दिएका छन्।

आज पोखरामा आयोजित चुनावी सभामा पोखरा महानगरमा गठबन्धनका लागि नेकपा एसबाट साझा उम्मेदवार धनञ्जय आचार्यका लागि भोट माग्दै उनले यस्तो बताएका हुन्। उनले पोखरा महानगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र जनमोर्चाले माया गरेर पोखराको मेयरको नेकपा एसलाई दिएको उल्लेख गर्दै जिताउन अनुरोध गरे।

उनले भने, ‘‘गठबन्धनको तर्फबाट पनि जितेन भने धेरै ठूलो दुर्घटना आउन जान्छ। त्यसकारण यसअगाडि तीतामिठा सबै कुरा बिर्सिएर पाँचदलीय गठबन्धनलाई विजयी गराउन अनुरोध गर्छु।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved