विप्लवको पार्टी विभाजित, धर्मेन्द्रको नेतृत्वमा नेकपा (बहुमत) गठन

नेपालभ्युज

विप्लवको पार्टी विभाजित, धर्मेन्द्रको नेतृत्वमा नेकपा (बहुमत) गठन

काठमाडौं। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा विभाजित भएको छ। पार्टीका असन्तुष्ट पक्षले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा छुट्टै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन गरिएको जानकारी दिएको छ।

पार्टीको संयोजक नेकपाका असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला रहेको जानकारी गराइएको छ। पार्टीका महासचिव चन्द समूह संसदवादमा फसेका कारण नयाँ पार्टी गठन गरिएको बास्तोलाले बताए।

उनले भने, ‘‘कतिपय केन्द्रिय सदस्यहरुलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भयो । त्यसैले जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्यलाई निरन्तरता दिँदै नयाँ पार्टी गठन गर्ने निष्कर्षमा पुगेका हौँ।’’

केपी ओली, प्रचण्डहरुले लिएको बाटोबाट मुलुकमा जनवादी क्रान्ति सम्पन्न नहुने देखेपछि विप्लवलाई छोडेर नयाँ पार्टी बनाउनु परेको उनको दाबी छ । असन्तुष्ट समूहले नयाँ पार्टी गठन गरेसँगै चन्द नेतृत्वको नेकपा औपचारिक रुपमा फुटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved