सप्तरीमा ट्रयाक्टर दुर्घटना, इन्जिनमा चेपिएर एक जनाको मृत्यु

नेपालभ्युज

सप्तरीमा ट्रयाक्टर दुर्घटना, इन्जिनमा चेपिएर एक जनाको मृत्यु
सांकेतिक तस्वीर

जनकपुरधाम। सप्तरीको पश्चिमी भेगमा रहेको बोदेबरसाइन नगरपालिकामा ट्रयाक्टर पल्टिँदा एक जना युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोही नगरपालिका वडा नम्वर ७ मुसहरी टोलस्थित खेतमा माटो लिएर जाने क्रममा आफै अनियन्त्रित भएर प्र २–०१–००१त २००१ नम्वरको ट्रयाक्टर पल्टिएको थियो।

सो क्रममा बोदेबरसाइन नगरपालिकाकै १९ वर्षीय छोरा शिव कुमार पौदारको ट्रयाक्टरको इन्जिनिमा चेपिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रयाक्टर चालक शिव कुमारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। यसैबीच ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved