जलवायुविद्को सुझाव : चुनावको दिन पानी पर्न सक्छ, पूर्वतयारी गर्नू

नेपालभ्युज

जलवायुविद्को सुझाव : चुनावको दिन पानी पर्न सक्छ, पूर्वतयारी गर्नू
सांकेतिक तस्बिर

काठमाडौं । जलवायुविद्हरूले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्वतयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन्।

बगांलको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यूनचापीय अवस्था आइतबारका दिन समुद्री आँधीको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्वतयारी गर्न विज्ञहरूले सुझाएका हुन्।

पछिल्लो विकसित प्रणालीबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायुविद् डाक्टर धर्मराज उप्रेतीले आसानी नाम दिइएको यस आँधी निकै तीव्र गतिमा चलेको बताए। सो आँधीको असर भारतको उडिसालगायत तटीय क्षेत्रमा बढी देखिने र नेपालमा भने २८ गते देखि प्रभाव देखिने उनले बताए।

३० गते स्थानीय तहको निर्वाचनका दिन वर्षा हुने पुर्वअनुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित भएको न्यूनचापीय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उनले बताए।

जलवायुविद् डा. उप्रेतीले निर्वाचनको दिनमा पानी पर्ने सम्भावनालाई मध्येनजर गर्दै मतपत्र, मतपेटिका लगायतको सुरक्षामा ध्यान दिन सुझाव दिएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved