ल्याण्डफिलमा खसालियो १५० ट्रक फोहोर

नेपालभ्युज

ल्याण्डफिलमा खसालियो १५० ट्रक फोहोर

काठमाडौं। ११ वैशाखदेखि अवरुद्ध फोहोर ढुवानी आजबाट शुरु भएको छ। काठमाडौं महानगरले नेपाल प्रहरी र सशस्त्र प्रहरीको साथ लिएर फोहोर ढुवानीलाई नियमित गरेको हो।

वातावरण तथा कृषि विभागका निमित्त प्रमुख सरिता राईकाअनुसार सडक निर्माणको माग राखेर स्थानीयले फोहोर ढुवानी अवरुद्ध गरेको यो तेस्रो पटक हो।

‘‘स्थानीय मागका विषयमा २२ वैशाखमा गरिएको छलफलमा आन्दोलनरत पक्षले कुनै पनि शर्तमा फोहोर ढुवानी गर्ने गाडी सञ्चालन गर्न नदिने अडान राखेपछि समस्या जटिल बनेको थियो,’’ निमित्त विभागीय प्रमुख राई भन्छन्, ‘‘यसपछि सुरक्षा निकायको साथ महसुस भएको हो। त्यसपछि हामीले गृह मन्त्रालयलाई अवस्थाका विषयमा जानकारी गराएर सहयोग मागेका हौँ।’’

आज मुड्खुदेखि तीन पिप्लेसम्मको सडक खण्डको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ। आज दिनभरि प्रहरी परिचालन गरिएको थियो। विहान १०ः३० बजेसम्ममा करीव १४६ ट्रक फोहोर खसालिएकोमा आज दिनभर फोहोर ओसार्ने योजना छ रहेको उनले बताइन्।

यसअघि स्थानीयबासीले सडक कालोपत्रे हुनुपर्ने माग राखेर १८ चैतदेखि दोस्रो पटक अवरोध गरेका थिए। सडक निर्माण कम्पनीले कालोपत्रे कार्यलाई सुचारु गर्ने प्रतिवद्धता जनाएपछि २७ चैतबाट कामलाई सहज बनाउन विहानको समयमा मात्र फोहोर ढुवानी गर्ने गरिएको थियो। फागुन र चैत महीनाको अवरोधमा ३३ दिन फोहोर संकलन हुन सकेको थिएन। यसपटक ११ वैशाखदेखि रोकिएको आजबाट खोलिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved