थपिए १५ जना कोरोना संक्रमित

नेपालभ्युज

थपिए १५ जना कोरोना संक्रमित

काठमाडौं। कोरोना भाइरसको सङ्क्रमण आज १५ जनामा मात्र देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा तीन हजार ४५३ जनामा कोरोना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएको छ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २१५ रहेको छ। पछिल्लो समय १७ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ७४७ पुगेको छ। निको हुने दर ९८।८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन। शून्य सङ्क्रमित जिल्ला ३० पुगेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved