डडेल्धुरा पुगेर आरजुको अभिव्यक्ति : ‘करुवा’मा भोट नहाल्नुहोस्

नेपालभ्युज

डडेल्धुरा पुगेर आरजुको अभिव्यक्ति : ‘करुवा’मा भोट नहाल्नुहोस्

डडेल्धुरा। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले डडेल्धुरा कांग्रेसभित्र षड्यन्त्र खेल्नेहरू करुवामा गएर राम्रो भएको बताइन्। कांग्रेस अमरगढी नगरको आयोजनामा डडेल्धुराको बागबजारमा भएको चुनावी आमसभामालाई सम्बोधन गर्दै प्रधानमन्त्रीपत्नीले कांग्रेसमा रहेर षड्यन्त्र गर्नेहरू पार्टी छोडेर जाँदा केही फरक नपर्ने बताइन्।

“जसको राष्ट्रियस्तरको नेता नभएको पार्टीले के गर्न सक्छ?, करुवा पार्टीको नेता को हो र ? उनले प्रश्न गरिन्।

कर्ण मल्लप्रति लक्षित गर्दै देउवाले भनिन्, “हाम्रो नाममा राजनीति गर्नेहरू अहिले सुकिलामुकिला भए। जहाँ कांग्रेसको मेयर नै हुँदैन त हामीले किन पैसा पठाउँछौ? यो कुरालाई पनि ध्यान दिएर करुवासरुवा हरुवालाई भोट नहाल्नुहोला, रूख चिह्नमा मतदान गरी कांग्रेसका उम्मेदवारलाई जिताउनुहोला।”

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रुपमा आफूमाथि अन्याय गरेको भन्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य रहेका मल्लले प्रदेशसभा सदस्य पद परित्याग गरेका थिए। उनले कांग्रेसबाट समेत कारबाही गरिएकाले नैतिकताका आधारमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको बताएका थिए।

बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन गरेर मल्लले सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए। देउवाको गृहजिल्ला डडेलधुरामा नै उनले गठबन्धनको निर्णयविपरीत बागी तथा स्वतन्त्र उम्मेदवारी दिएका थिए।

मल्ल डडेलधुरा जिल्लाको प्रदेश क्षेत्र (ख) मा नेपाली कांग्रेसबाट प्रदेश सदस्यमा निर्वाचित सांसद हुन्।

३० वैशाखमा हुने स्थानीय निर्वाचनका लागि उनले आफूनिकट नेता कार्यकर्तालाई नेपाली कांग्रेस बीपीबाट उम्मेदवारी दर्ता गर्न लगाएका थिए।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved