मतगणनास्थलको सुरक्षामा सीसीटीभी राखिने

निर्वाचन आयोगले मतदानपछि मतगणनास्थलहरुमा क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) मार्फत निगरानी गर्ने भएको छ।

नेपालभ्युज

काठमाडौं। निर्वाचन आयोगले मतदानपछि मतगणनास्थलहरुमा क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) मार्फत निगरानी गर्ने भएको छ। मतगणनास्थलको सुरक्षाका लागि आयोगले सीसीटीभीबाट निगरानी गर्ने र त्यसको रेकर्ड सुरक्षित राख्ने व्यवस्था मिलाएको हो। आयोगले केन्द्रबाट नै इन्टरनेटको सुविधा पुगेका सबै ठाउँको अनुगमन गर्नेछ।

पाँच वर्षअघि भरतपुरको मतगणनास्थलमा नेकपा माओवादी केन्द्रले हार्ने अवस्था आएपछि मतपत्र च्यातेका थिए। त्यसपछि त्यहाँ सीसीटिभी र तारजाली राखेर गणना गरिएको थियो। तर त्यसले आम मानिसमा नकारात्मक सन्देश प्रवाह भएको महसुस भएकाले यसपटक तारजाली भने नराखिने आयोगका एक आयूक्तले बताए। कुनै घटना भए सीसीटीभी फुटेजबाट प्रमाण संकलन र त्यसकै आधारमा निर्णय हुने आयोगले जनाएको छ।

पाँच वर्ष अघिको निर्वाचनमा चितवन महानगरपालिकामा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणनास्थलको सुरक्षा व्यवस्था चुनौतीपूर्ण बन्दै गएको आयोगको विश्लेषण छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved