वरीयताक्रम मिचेर आईजीपी बनाइएको भन्दै एआईजी पोखरेल सर्वोच्चमा

प्रहरीको महानिरीक्षकमा वरियताक्रम मिचेर नियुक्त गरिएको भन्दै अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सर्वोच्च अदालत पुगेका छन्। धीरजप्रताप सिंहलाई विधि मिचेर बढुवा गरिएको दाबीसहित एआइजी पोखरेल रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन्।

नेपालभ्युज

वरीयताक्रम मिचेर आईजीपी बनाइएको भन्दै एआईजी पोखरेल सर्वोच्चमा

काठमाडौं। नेपाल प्रहरीको महानिरीक्षकमा वरीयताक्रम मिचेर नियुक्त गरिएको भन्दै अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सर्वोच्च अदालत पुगेका छन्। धीरजप्रताप सिंहलाई विधि मिचेर बढुवा गरिएको दाबीसहित एआइजी पोखरेल रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन्।

पोखरेलले वरीष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग गरेका छन्।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आज बिहान सिंहलाई दर्ज्यानी चिन्हसमेत लगाइएको छ। सिंहले जिम्मेवारी सम्हालेका छन्।

सिंहले जिम्मेवारी सम्हालेलगतै पोखरेलको रिट निवेदन सर्वोच्च अदालतमा पुगेको हो। तर दर्ताका लागि अध्ययन भइरहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ।

रोलक्रममा तेस्रो नम्बरमा रहेका र पहिलो नम्बरका एआईजी विश्वराज पोखरेलभन्दा १६ महिनापछि एआईजी बनेका सिंहलाई महानिरीक्षकमा नियुक्त गरेको भन्दै सरकारको आलोचना भइरहेको छ। यसअघि अघिल्लो पटक शेरबहादुर देउवा सरकारमा रहँदा पनि जयबहादुर चन्दलाई वरीयता मिचेर आईजीपी नियुक्त गरिएको थियो। सो समयमा पनि सर्वोच्चले रोक लगाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved