दल र उम्मेदवारप्रति मिथ्या सूचना सामाजिक सञ्जालमा राखे कडा कारबाही गर्छौं : निर्वाचन आयोग

नेपालभ्युज

दल र उम्मेदवारप्रति मिथ्या सूचना सामाजिक सञ्जालमा राखे कडा कारबाही गर्छौं : निर्वाचन आयोग

काठमाडौं। निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारप्रति लक्ष्य गरेर मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिने गरी कुनै पनि सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई कडा चेतावनी दिएको छ।

आयोगले आइतबार अपराह्न विशेष पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामाथि नै आँच आउने गरी सो कार्य भइरहेको भन्दै तत्काल रोक्न सामाजिक प्रयोगकर्ताहरूलाई सचेत गराएको हो।

कार्य तत्काल नरोके निर्वाचन ऐन २०७३ को दफा २३ निर्वाचन कसूर तथा सजाय ऐन २०७३ र प्रचलित कानूनबमोजिम सामाजिक सञ्जाल प्रयोग कर्ताहरूलाई कारबाही हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

उनले भने, “स्थानीय तह निर्वाचन स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवारको मनोनयन गराउन भएका उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुस्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट भइरहेको र यस्ता गलत, भ्रामक, चरित्र हत्या हुने, व्यक्तिगत लान्छना लगाउने, मानहानि हुने वा यस्तै प्रकृतिका निर्वाचनलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने कुसामग्री सामाजिक सञ्जालमा पोष्ट हुँदा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा समेत आँच पुग्न सक्ने भएकाले यस्ता प्रकृतिका कार्य कुनै पनि हालतमा नगर्न, नगराउन सबैमा आयोगले कडा चेतावनी दिन्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved