जिल्लाभरिका बागी उम्मेदवारलाई एमाले मकवानपुरले कारबाही गर्‍यो

नेपालभ्युज

जिल्लाभरिका बागी उम्मेदवारलाई एमाले मकवानपुरले कारबाही गर्‍यो

हेटौंडा । आसन्न स्थानीय तहको निर्वाचनको लागि बागी उम्मेदवारी दिएका नेकपा (एमाले) का सदस्यहरूलाई एमाले मकवानपुरले कारबाही गरेको छ।

एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै मकवानपुरभरिका स्थानीय तहहरूमा बागी उम्मेदवारी दिएका एमालेका नेताहरूलाई कारबाही गरिएको जानकारी गराएका हुन्।

मकवानपुरगढी गाउँपालिकाका कृष्ण कँडेल, हेटौंडा उपमहानगरपालिका वडा नं ५ का विशालराज महत, वडा नं ११ का अक्कलबहादुर क्षत्री, हेटौंडा १९ का रत्नबहादुर ब्लोन र रमेश पौडेल र उनीहरूका प्रस्तावक र समर्थकलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको अध्यक्ष श्रेष्ठले बताए।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved