न्यू मेक्सिकोमा भीषण आगलागी

डढेलोले ९७ हजार ६४ एकड क्षेत्र जलेको बताइएको छ।

नेपालभ्युज

न्यू मेक्सिकोमा भीषण आगलागी
फाइल तस्वीर

एजेन्सी। संयुक्त राज्य अमेरिकाको न्यू मेक्सिको राज्यमा भीषण डढेलो फैलिँदै गएको छ।

यसअघि नै ९७,००० एकड क्षेत्रफलमा डढेलो फैलिसकेको राज्यका अग्नि अधिकारीहरूले बताएका छन्।

ूसो क्षेत्रभर हावाको गतिले तीव्र गतिमा आगो लस भेगास तर्फ पूर्व र ग्यालिनास क्यान्यनमा दक्षिणतिर फैलिएको थियो। हावाको तीव्रप्रवाहले आगलागी अनुमानभन्दा छिटो फैलिरहेको बताइएको छ।

डढेलोले ९७ हजार ६४ एकड क्षेत्र जलेको बताइएको छ।

विगत २४ घण्टामा ३० हजार एकड क्षेत्रफलमा फैलिएको आगो नियन्त्रणमा ल्याउन अहिले १ हजार २० जना अग्निनियन्त्रक आगो निभाउने काममा जुटेका छन्।

अमेरिकी सञ्चारमाध्यमका अनुसार न्यू मेक्सिकोका केही भागमा मानिसहरूलाई सम्भावित खतरनाक ठाउँ छाड्न आदेश जारी गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved