बिपतपुर आगलागी पीडितका घर प्रदेश सरकारले बनाउने

प्रदेश सरकारले तत्काल पूर्ण क्षति ब्यहोरहेको सो बस्तीमा प्रतिमुक्तकमैया ५० हजार रुपैयाँका दरले राहत दिने भएको छ।

बिपतपुर आगलागी पीडितका घर प्रदेश सरकारले बनाउने

धनगढी। कैलालीको कैलारी गाउँपालिका ७ स्थित बिपतपुर मुक्तकमैया शिविरमा आगलागीबाट जलेको बस्ती सुदूरपश्चिम सरकारले निर्माण गरिदिने भएको छ।

चालु आर्थिक वर्षभित्रै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरी आउँदो आर्थिक वर्ष २०७९/०८० देखि बस्ती निर्माण गरिने भएको हो।

सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार बस्तीको स्थलगत अनुगमन गर्दै निर्माण गर्ने प्रतिबद्धता जनाएका हुन्। मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत अग्नि पीडित मुक्तकमैया बस्ती निर्माण हुन लागेको हो।

प्रदेश सरकारले तत्काल पूर्ण क्षति ब्यहोरहेको सो बस्तीमा प्रतिमुक्तकमैया ५० हजार रुपैयाँका दरले राहत दिने भएको छ। त्यस्तै, बर्खे खेतीको लागि धानको बीउ निशुल्क दिने र घर बनाउनलाई काठ पनि निःशुल्क दिने मुख्यमन्त्री भट्टले बताए।

११ वैशाखमा दिउँसो खेतमा भएको गहुँको नालमा लगाइएको आगो बस्तीमा सल्किएपछि सो बस्ती खरानीमा परिणत भएको हो।

७१ घरधुरी रहेको बस्तीका स्थानीयको घरसँगै खाद्यन्न, गरगहना, लत्ताकपडा, मेसिनरी औजार, पशुचौपाया जलेका थिए।

आगलागीले बस्तीका २७ घर पूर्णरुपमा जलेका छन्। १२ घर आंशिक रुपमा जलेका छन् भने ३२ घरमा सामान्य क्षति भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved