लम्कीचुहाको मेयरमा कांग्रेसबाट दुई जनालाई टिकट, अन्योलका कारण उम्मेदवारी दर्तामा ढिलाइ

नेपालभ्युज

लम्कीचुहाको मेयरमा कांग्रेसबाट दुई जनालाई टिकट, अन्योलका कारण उम्मेदवारी दर्तामा ढिलाइ

कैलाली। कैलालीको लम्कीचुहा नगरपालिकामा कांग्रेसले दुई जनालाई टिकट दिएपछि आधिकारिक उम्मेदवार को भनेर विवाद भएको छ।

संघबाट प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले सुशीला शाहीलाई मेयरको टिकट दिएका छन् भने यता गठबन्धनको विपक्षमा रहेका वीरबहादुर बलायरले प्रदेशबाट भक्त थापालाई टिकट दिएका छन्। जसकारण आधिकारिक को भन्ने विवादका कारण उम्मेदवारी दर्ता हुन सकेको छैन।

शाही र थापा दुवै एकै गुटका नेता हुन्। दुवैले आफू आधिकारिक भएको दावी छाडेका छैनन् भने विवाद सुल्झाउन छलफल जारी छ।

यता नेकपा एमालेबाट निवर्तमान मेयर महादेव बजगाई र उपमेयरमा जुना चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved