मनोनयन दर्ताको पहिलो दिनः जनकपुरमा मेयरका लागि ८ जनाको उम्मेदवारी

नेपालभ्युज

मनोनयन दर्ताको पहिलो दिनः जनकपुरमा मेयरका लागि ८ जनाको उम्मेदवारी

जनकपुरधाम। स्थानीय तहको निर्वाचनको लागि जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा मनोनयन दर्ताको पहिलो दिन ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले उम्मेदवारी मनोनयनको पहिलो दिन साँझ ५ बजेसम्म मेयरमा ८ जनालगायत कूल १२७ जनाले मनोनयन दर्ता गराएको जानकारी दिए।

प्रमुख निर्वाचन अधिकृत प्याकुरेलका अनुसार पहिलो दिन साना दुई राजनीतिक दल र स्वतन्त्र गरी मेयर पदमा ८ जना र उपमेयर पदमा ३ जनाको उम्मेदवारी परेको छ। जनकपुरधामको नगरप्रमुखमा पहिलो दिन जनमत पार्टीबाट अनिता देवी साह र नेकपा मालेबाट गीता कुमारी मण्डलको उम्मेदवारी परेको छ।

त्यस्तै स्वतन्त्रबाट श्याम किशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधीर कुमार महतोको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत प्याकुरेल जानकारी दिए।

त्यस्तै उपप्रमुखमा जनमत पार्टीबाट सन्तोष कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् भने कुमारी बनिता यादव र उमेश चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। बाँकी ११६ जनाले वडाध्यक्ष र वडासदस्यमा मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए।

त्यसैगरी उम्मेदवारी दर्ताको पहिलो दिन क्षीरेश्वरनाथ नगरपालिकाको उपमेयरमा २ जना र वडाअध्यक्षमा १२ जनाको उम्मेदवारी परेको छ। क्षीरेश्वरनाथ नगरपालिका उपमेयरका लागि उम्मेदवारी दर्ता गर्नेमा स्वतन्त्रबाट सुशील कुमार चौधरी र अनितकुमार यादव छन्।

त्यस्तै वडा नम्वर ९ वडाअध्यक्ष पदका लागि पहिलो नम्बरमा लोसपाबाट राम एकवाल चौधरीले उम्मेदवारी दिएका छन् भने वडा नम्बर ५ वडाअध्यक्ष पदका लागि स्वतन्त्रबाट सितेश कुमार झाले उम्मेदवारी दिएका छन्। १३ जना वडासदस्यहरूले उम्मेदवारी दर्ता गराएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved