हेटौंडाको मेयरमा नेकपा समाजवादीले मीना कुमारी लामालाई अघि सार्‍यो

नेपालभ्युज

हेटौंडाको मेयरमा नेकपा समाजवादीले मीना कुमारी लामालाई अघि सार्‍यो

हेटौंडा। नेकपा (एकीकृत समाजवादी) पार्टीले हेटौंडा उपमहानगरपालिकाको मेयरमा मीना कुमारी लामालाई उम्मेदवार बनाउने भएको छ।

पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। गठबन्धनबाट समाजवादीको भागमा परेको हेटौंडाबाट वर्तमान उपमेयर लामाले अवसर पाएकी हुन्। हेटौंडाका लागि समाजवादीले जिल्ला अध्यक्ष श्रीधर पोखरेल र लामाको नाम सिफारिस गरेको थियो।

समाजवादीले आफ्नो भागमा परेको महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको टिकट टुंगो लगाएको हो। गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा टिकट पाउने भएपछि प्रतिक्रिया दिँदै लामाले आफूले जित्ने दाबी गरिन्।

“म उपमेयर हुँदा नै धेरै महत्वपूर्ण काम गरिसकेको छु,” उनले भनिन्, “अब मलाई मेयरमा अवसर आएको छ। एउटा निश्चित योजना र भिजनका साथ म काम गर्नेछु। गठबन्धनले मलाई पूर्ण रूपमा समर्थन गर्ने छ।”

लामाले यसअघि नेकपा एमालेबाट उपमेयर जितेकी थिइन्। एमाले विभाजन भएपछि उनी एकीकृत समाजवादी पार्टीमा आएकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved