लैंगिक हिंसा र असमानताविरुद्ध समाचार लेख्न प्रदेश प्रमुख शेरचनको सुझाव

नेपालभ्युज

लैंगिक हिंसा र असमानताविरुद्ध समाचार लेख्न प्रदेश प्रमुख शेरचनको सुझाव

बुटवल। लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले समाजमा भएका लैंगिक हिंसा र असमानताविरुद्ध निरन्तर समाचार लेख्न सुझाव दिएका छन्। महिला र बालबालिकामाथि भएको हिंसाले समाजलाई दूषित बनाएको उल्लेख गर्दै उनले यसविरुद्ध महिला पत्रकारले अभियानका रुपमा काम गर्नुपर्नेमा जोड दिए।

सञ्चारिका समूह लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको ‘आम सञ्चार र महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक अन्तर्क्रिया कार्यक्रममा प्रदेश प्रमुख शेरचनले पत्रकार देशको सम्मानित पेशा भएकाले यसमा स्थापित हुनका लागि आफ्नो सीप र क्षमता बढाउँदै जानुपर्ने सुझावसमेत दिए। प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले सामाजिक न्याय, लैंगिक र महिलामैत्री समाज निर्माणका लागि सञ्चारमा महिलाको दरिलो उपस्थिति हुनुपर्नेमा उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved