फेरि उम्मेदवारी दिन घोडाघोडीका मेयरसहित पाँच वडाअध्यक्षले दिए राजीनामा

नेपालभ्युज

फेरि उम्मेदवारी दिन घोडाघोडीका मेयरसहित पाँच वडाअध्यक्षले दिए राजीनामा

धनगढी।कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले पदबाट राजीनामा दिएका छन्। ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पुनः मेयरमा उम्मेदवारी दिने भन्दै चौधरीले उपप्रमुख प्रेमकुमारी थापालाई राजीनामा बुझाएका हुन्।

‘‘निर्वाचन आचारसंहिता लागू भएका कारण कामकाज गर्न नसकिने अवस्था र अगामी निर्वाचनमा पुनः उम्मेदवार बन्ने आकांक्षा भएकाले पदबाट राजीनामा दिएको हुुँ,’’ चौधरीले भने। नेकपा एमाले कैलालीका उपसचिवसमेत रहेका चौधरी २०७४ सालमा भएको निर्वाचनमा घोडाघोडी नगरपालिकाको मेयरमा विजयी भएका थिए।

चौधरीले माओवादी केन्द्रका लक्ष्मण चौधरीलाई पराजीत गरेका थिए। यस्तै पुनः दोहोरिने भन्दै नेकपा एमालेबाट निर्वाचित घोडाघोडी नगरपालिका–१ का वडाध्यक्ष मनराज शाही, ५ का वडाध्यक्ष प्रेम रोकाया, ९ का वडाध्यक्ष कृष्ण शाहले समेत पदबाट राजीनामा दिएका छन्। यस्तै नेपाली कांग्रेसबाट विजयी वडा नम्बर ८ का अध्यक्ष भीम बोगटीले पनि राजीनामा दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved