उम्मेदवार चयन गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ।

नेपालभ्युज

उम्मेदवार चयन गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं। स्थानीय तह निर्वाचनका लागि उम्मेदवारबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ।

सत्ता गठबन्धनका दलहरुबीच भएको भागबन्डा अनुसार नेपाली कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगरको मेयर तथा वीरगन्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद परेको छ।

बैठकमा ती महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved