हातखुट्टा बाँधिएको अवस्थामा युवकको शव फेला

युवकको हात र खुट्टा कपडाले बाँधिएको छ भने मुखमा धारिलो हतियारले प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ।

हातखुट्टा बाँधिएको अवस्थामा युवकको शव फेला

जनकपुरधाम। जनकपुरधाममा हात र खुट्टा बाँधिएको अवस्थामा एक युवकको शव फेला परेको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ कुर्थास्थित रामनारायण महासेठको पोखरीमा अन्दाजी २५ वर्षीय युवकको शव बुधबार फेला परेको हो।

युवकको हात र खुट्टा कपडाले बाँधिएको छ भने मुखमा धारिलो हतियारले प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ।

पानीमा शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मृतकको पहिचान खुल्न सकेको छैन।

युवकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved