म्यानचेस्टर सिटी पुनः शीर्षस्थानमा फर्कियो

नेपालभ्युज

म्यानचेस्टर सिटी पुनः शीर्षस्थानमा फर्कियो

काठमाडौं। म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुनः उक्लिएको छ। लिग अन्तर्गत बुधबार राति भएको खेलमा बिंघटनमाथि ३–० गोल अन्तरको महत्त्वपूर्ण जित हात पार्दै सिटी शीर्ष स्थानमा फर्किएको हो।

बुधबार भएको खेलमा म्यानचेस्टर सिटीलाई जिताउन रियाद महरेज, फिल फोडेन र बर्नान्डो सिल्भाले समान एक–एक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो।
खेलको ५३ औँ मिनेटमा महरेजले गोल गर्दै सिटीलाई सुरूआती अग्रता दिलाएका थिए। त्यसपछि ६५ औँ मिनेटमा महरेजकै पासमा फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे।

खेलको ८२ औँ मिनेटमा बेर्नान्डो सिल्भाले गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाए।

यो जितसँगै सिटी पुनः लिगको शीर्षस्थानमा उक्लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved