कोभिडका कारण पुनेबाट मुम्बईमा सर्‍यो दिल्ली क्यापिटल्सको खेल 

पछिल्लो समय भारतमा कोभिड संक्रमितको संख्या बढिरहेको छ। जसले जारी आईपीएललाई पनि प्रभावित पार्न सक्ने संकेत देखिएको छ।

नेपालभ्युज

कोभिडका कारण पुनेबाट मुम्बईमा सर्‍यो दिल्ली क्यापिटल्सको खेल 

काठमाडौं। इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को बुधबार हुने तय भएको दिल्ली क्यापिटल्स र पन्जाब किंग्सबीचको खेल पुनेबाट मुम्बईमा सारिएको छ।

दिल्लीको क्याम्पमा कोभिड संक्रमितको संख्या बढेपछि खेल सारिएको आयोजक भारतीय क्रिकेट बोर्डको आधिकारिक विज्ञप्तिमा उल्लेख छ।

हाल दिल्ली क्यापिटल्सको क्याम्पमा पाँच जनामा कोभिड पुष्टि भइसकेको छ। जसमा टिमका चार सहायक कर्मचारी र एक खेलाडी रहेका छन्।

कोभिड संक्रमण भएका खेलाडी भने अष्ट्रेलियन ब्याटर मिचेल मार्स हुन्।

उक्त खेल अब मुम्बईको ब्राबोर्न स्टेडियममा हुनेछ। तर, बुधबार बिहान हुने आरटी–पीसीआर टेष्टपछि दिल्लीको टिममा अन्य खेलाडीमा संक्रमण नदेखिएमा मात्र खेल हुनेछ। नत्र खेल नयाँ मितिका लागि सारिने बताइएको छ।

पछिल्लो समय भारतमा कोभिड संक्रमितको संख्या बढिरहेको छ। जसले जारी आईपीएललाई पनि प्रभावित पार्न सक्ने संकेत देखिएको छ।

गतवर्षको आईपीएल दौरान पनि एकै पटक धेरै खेलाडी र टिमका सदस्य संक्रमित भएपछि प्रतियोगिता बीचैमा रद्द गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved