जलेश्वरमा चुनावी सरगर्मी बढ्दै

नेपालभ्युज

जलेश्वरमा चुनावी सरगर्मी बढ्दै

महोत्तरी। महोत्तरी जिल्लामा आसन्न स्थानीय तहको चुनावी सरगर्मी बढ्दै गएको छ। निर्वाचन नजिकिएसँगै जिल्ला सदरमुकामस्थित जलेश्वर नगरपालिकाको मेयर पदका लागि विभिन्न दलका सम्भावित उम्मेदवारको चर्चा चल्न थालेको छ।

नेपाली कांग्रेसको तर्फबाट सो नगरपालिकाको सम्भावित मेयर पदका उम्मेदवारमा अशोक साहको नाउँ चर्चामा छ। उनी यसअघि २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि मेयरमा उठेका थिए।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालले रामशंकर मिश्रलाई नै पुन मेयर पदमा सिफारिस गरको छ भने जनता समाजवादी पार्टी नेपालले सुरेश साह सोनारलाई छनौट गरेको जनाइएको छ।

त्यसैगरी नेकपा (एमाले)का तर्फबबाट सम्भावित उम्मेदवारमा रामआधार कापरको नाउँ अगाडि आएको छ।

यसअघि उनी २०७४ को निर्वाचनमा प्रदेश नं.२ को प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका थिए। आसन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले कौशलेन्द्र शर्मा र नेकपा ( एकीकृत समाजवादी ) ले दिपु झालाई मेयर पदका लागि सिफारिस गरेको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved