शाओमीको नोटबुक सिरिज र रेड्मी बुक सिरिज नेपाली बजारमा

नेपालभ्युज

शाओमीको नोटबुक सिरिज र रेड्मी बुक सिरिज नेपाली बजारमा

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले मी नोटबुक २०२१ सिरिज र रेड्मीबुक सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ। प्रयोगकर्ताहरूको उत्पादकर्ता बढाउन समर्पित, अतुलनीय स्पीड, पर्फमेन्स र मिडिया अनुभवहरू प्रदान गर्ने मी नोटबुक अल्ट्रा र मी नोटबुक प्रो सरल डिजाइन र अत्याधुनिक प्रविधिको प्रयोग गरी डिजाइन गरिएको सिरिज नेपाली बजारमा ल्याइएको हो ।

आधुनिक डिजाइन, बलियो र गुणस्तरीय निर्माण भएको यो रेड्मीबुक सिरिजमा 15.6” FHD डिस्प्ले, ११ औं Gen Intel® Core™ प्रोसेसर, 8GB DDR4 3200 MHz RAM रहेको छ जसले मल्टिटास्करहरूलाई अप्टिमाइज्ड स्पेसिफिकेशनहरू साथ लगातार ११ घण्टासम्मको ब्याट्री ब्याकअप प्रधान गर्दछ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर, अमित कुमार पंडाले भने, “हामीले हाम्रो फोन–प्लस स्ट्राटेजीमा ध्यानकेन्द्रित गरेका छौं र अन्य इलेक्ट्रोनिक्स उत्पादनहरूमा गहिरो अध्ययन गरेका छौं। हाम्रा मी फ्यानहरूले व्यापक रूपमा मन पराइदिनुभएको पावरबैंक, इयरबड, स्मार्ट ब्यान्ड, स्मार्टवाच र स्मार्ट टिभी जस्ता प्रत्येक उत्पादनहरूसँग हामीले नवीनतम प्रविधिलाई ग्राहकमाझ पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौं।”

“मी नोटबुक सिरिजका ल्यापटपहरू मी TrueLife+ and TrueLife डिस्प्लेको साथ एयरोस्पेस ग्रेड सिरिज ६, एल्युमिनियम बडी, दिनभरको लागि ब्याट्री ब्याकअप, Type–C जस्ता शीर्षस्तरका विशेषताहरूले भरिएका छन्। फास्ट चार्ज, र थन्डरबोल्ट ४ तथा ब्याकलिट किबोर्डको साथ। यसबाहेक, अल्ट्रा–लाइट र पोर्टेबल श्रेणीमा कार्यसम्पादनको सीमाहरू तोड्दै, यी ल्यापटपहरूमा Intel® Iris® Xe ग्राफिक्सको साथ नवीनतम 11th Gen Intel® Core™ प्रोसेसरहरू छन्, जसमा 16GB DDR4 RAM and 512GB NVMe SSD स्टोरेज रहेको छ।” उनले थप भने, “नेपाली बजारमा रेड्मीबुकको लन्च संगै, हामीले हाम्रो ध्यान उपभोक्ताहरूलाई उहाँहरूको लक्ष्य प्राप्तिका लागि ल्यापटपको पर्फमेन्स र पोर्टेबिलिटीमा केन्द्रित गरेका छौ। प्रिमियम डिजाइन र उत्कृष्ट पर्फमेन्सको विशेषता भएका यी ल्यापटपहरू आधुनिक काम गर्ने/सिक्ने शैलीमा कार्यरत प्रयोगकर्ताहरूका लागि उत्तम विकल्प हो। हामी आशा गर्छौं हाम्रा उपभोक्ताहरू र प्रशंसकहरूले यसलाई मन पराईदिनु हुनेछ।”

मी नोटबुक अल्ट्रा आधुनिक र न्यूनतम, युनिबडी डिजाइन भएको सक्तिसाली र पोर्टेबल ल्यापटप हो। यो मी नोटबुक सिरिज एयरोस्पेस ग्रेड सिरिज ६, एल्युमिनियम बडी, एयरक्राफ्ट ग्रेड मेटलको प्रयोग बाट बनेको छ। १.७ किलोग्राम मात्र वजन रहेको यो ल्यापटप १७.९mm भन्दा कम मोटो छ, जसले यसलाई स्लिम र पोर्टेबल बनाउँछ।

मिनिमलिस्ट, बलियो र स्मूथ डिजाइन भएको अल–मेटल बडीको साथ सजिलै एकै औंलाले खोल्न र बन्द गर्न मिल्न यी ल्यापटपहरू २डि एरे डुअल–माइक्रोफोन सेटअपको साथ ठद्दण्ए ज्म् क्यामेरासँग एकीकृत छन्, जसले उत्कृष्ट भिडियो क्वालिटी प्रदान गर्दछ।

मी नोटबुक अल्ट्रा प्रयोगकर्ताहरूको दक्षता बढाउने हेतुले डिजाइन गरिएको हो। मी ट्रुलाइफ+ डिस्प्ले सहित सुसज्जित यो ल्यापटपमा १००% sRGB कलर गामुट समेटिएको छ जसले भिडियोहरू र खेलहरूलाई जीवन्त बनाउँछ। 3.2K (3200×2000) रिजोल्युसनको साथ ठूलो 39.62cm (15.6) डिस्प्ले, 16:10 एस्पेक्ट रेसियो सहितको मी नोटबुक अल्ट्रा उत्पादकता कार्यप्रवाहहरू जस्तै प्रोग्रामिङ, लेखन, डिजाइन जस्ता रचनात्मक कार्यहरू लागि उपयुक्त छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved