१६५ सन्तानका अविवाहित बुवा, जो सही जीवनसाथीको खोजीमा छन्

नेपालभ्युज

१६५ सन्तानका अविवाहित बुवा, जो सही जीवनसाथीको खोजीमा छन्

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित ब्रूकलीन काउन्टीमा बस्ने ४८ वर्षीय एरी नागेलका विश्वभर १६५ सन्तान छन् । नागेल पेशाले गणितका प्राध्यापक हुन्, उनी शुक्राणु दाताको रूपमा काम गर्छन् ।

उनले अहिलेसम्म अमेरिका, युरोप, एसिया र अफ्रिकालगायत विभिन्न देशमा गरी धेरै महिलालाई शुक्रकीट दान गरिसकेका छन् । यसै कारणले उनलाई ‘स्पर्मिनेटर’को ट्याग पनि दिइएको छ ।

नागेलको १६५औं बच्चा फादर्स डे भन्दा चार दिन अघि जुन १२ मा जन्मिएको थियो ।

उनले म ५० वर्ष पुगेपछि शुक्रकीट दान गर्न बन्द गरिदिने बताउँछन् । ५० वर्षपछि शुक्राणु दान गर्दा त्यसबाट जन्मिएका बच्चामा अटिजम जस्ता गम्भीर मानसिक रोगको जोखिममा पर्नसक्ने उनको भनाइ छ ।

न्युयोर्क पोस्टका अनुसार नागेलका ५६ सन्तान न्युयोर्कमा, २० जना न्यु जर्सी र १३ जना कनेक्टिकटमा छन् ।

यसबाहेक उनले क्यानडा, जिम्बाब्वे, लङ आइल्याण्ड र इजरायलमा पनि उनका सन्तान छन् ।

साथै, १० केसहरू छन् जसमा महिलाहरू हाल गर्भवती छन्, र जुलाई-अगस्टको बीचमा बच्चालाई जन्म दिनेछन् ।

नागेलले हरेक हप्ता १-२ जना महिलालाई शुक्रकीट दान गर्छन् । जो महिलाहरू बच्चा नजन्मिएर धेरै क्लिनिक र अस्पतालहरूसँग सम्पर्क राख्छन् ।

विशेष कुरा के छ भने नेगल आफ्ना १०० भन्दा बढी बालबालिकाको सम्पर्कमा छन् । उनी फादर्स डेमा आफ्नो पहिलो र ३३औं बच्चासँग बहामासमा समय बिताइरहेका छन् ।

शुक्राणु दानबाट जन्मिएको उनीहरूको पहिलो छोरा अहिले २० वर्षको छ, जसको नाम टायलर हो ।

नागेल भन्छन्, ‘कहिलेकाहीँ बच्चाकी आमाले मलाई उनीसँग सम्पर्क नगर्न आग्रह गर्छिन् तर, म यो विकल्प सधैं उनको लागि खुला राख्छु ।’

नागेलले ३४ जना बच्चालाई अहिलेसम्म भेटेका छैनन् । नागेलको किंग्सबरो कार्यालयको भित्ताहरू उनका छोराछोरीको फोटोले ढाकिएको छ ।

नागेल अझै विवाहित छैनन् र सही जीवन साथीको खोजीमा छन् । १६५ सन्तान भएका कारण कहिलेकाहीँ महिलाहरू आफूसँग सम्बन्ध राख्न डराउने गरेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved