धुलिखेलको आगन्तुक रिसोर्टमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट 

नेपालभ्युज

धुलिखेलको आगन्तुक रिसोर्टमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट 

काठमाडौं । धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्टमा प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले विशेष छुट पाउने भएका छन् । बैंक र रिसोर्टले एक समारोहकाबीच सम्झौता गरेसँगै प्रभु बैकका ग्राहक तथा कर्मचारीले सो छुट पाउने भएका हुन् ।

यसका लागि प्रभु बैँकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक सुवास कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंक लि.का कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved