मधेश प्रदेशमा स्थानीय निर्वाचनमा भोट हाल्ने ३३ लाख बढी, कुन जिल्लामा कति ?

 प्रदेशभरि दुई हजार १ सय ६३ मतदानस्थल, चार हजार १ सय ८९ मतदान केन्द्र

नेपालभ्युज

मधेश प्रदेशमा स्थानीय निर्वाचनमा भोट हाल्ने ३३ लाख बढी, कुन जिल्लामा कति ?

जकपुरधाम। मधेश प्रदेशमा स्थानीय तह निर्वाचनका लागि ३३ लाख ३१ हजार १७० जना मतदाता कायम भएको छ ।

प्रादेशिक निर्वाचन कार्यालय जनकपुरधामका अनुसार प्रदेशभरि पुरुष १७ लाख ९७ हजार ९४५, महिला १५ लाख ३३ हजार १५८ र अन्य ६६ गरी कूल ३३ लाख ३१ हजार १७० जना मतदाता रहेका छन्।

निर्वाचन आयोग नेपालले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको नामावलीसमेत समावेश गरिने हुँदा सो संख्यामा मतदाताले मतदान गर्न पाउने अधिकार प्राप्त हुने प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी श्रीधर पन्तले जानकारी दिए ।

प्रदेशको धनुषामा पुरुष दुई लाख ४८ हजार ८४०, महिला दुई लाख १८ हजार ५४२ र अन्य छ जनासहित कुल चार लाख ६७ हजार ३८८, महोत्तरीमा पुरुष दुई लाख १२ हजार २०३, महिला एक लाख ७९ हजार ३७३, र एक जना अन्य गरी जम्मा तीन लाख ९१ हजार ५७७ जना छन्।

त्यस्तै सर्लाहीमा दुई लाख ५७ हजार १३८ पुरुष, दुई लाख १७ हजार २९२ महिला र अन्य नौ गरी कुुल चार लाख ७४ हजार ४३९, सप्तरीमा दुई लाख १३ हजार ८९२ पुरुष, एक लाख ९८ हजार ५३२ महिला र अन्य २१ गरी कूल चार लाख १२ हजार ४४५, सिरहामा दुई लाख १९ हजार ५६४ पुरुष, एक लाख ९४ हजार ६०० महिला र अन्य दुई गरी जम्मा चार लाख १४ हजार १६६ छन्।

रौतहटमा पुरुष दुई लाख २२ हजार ९४५, महिला एक लाख ८५ हजार ४६, अन्य एक जना गरी जम्मा चार लाख सात हजार ९९२, बारामा दुई लाख ३१ हजार ८२६ पुरुष, एक लाख ९१ हजार ४९० महिला र ११ अन्यसहित कुल चार लाख २३ हजार ३२७ छन्।

त्यस्तै पर्सामा एक लाख ९१ हजार ५३७ पुरुष, एक लाख ४८ हजार २८३ महिला र १६ जना अन्य सहित कूल तीन लाख ३९ हजार ८३६ जनाले मतदान गर्न पाउने प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी पन्तले जानकारी दिए ।

उनले यही ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न प्रदेशभरि दुई हजार १ सय ६३ मतदानस्थल कायम गरिएको छ भने चार हजार १ सय ८९ मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिए।

कायम गरिएको मतदानस्थल र केन्द्रअनुसार सप्तरीमा २९७ मतदान स्थल, ५३६ मतदान केन्द्र, सिरहामा २२१ मतदानस्थल, ४९८ मतदान केन्द्र, धनुषामा ३२३ मतदान स्थल, ५९३ मतदान केन्द्र, महोत्तरीमा २५८ मतदान स्थल, ४९७ मतदान केन्द्र, सर्लाहीमा ३१८ मतदान स्थल, ५९९ मतदान केन्द्र, रौतहटमा २७६ मतदान स्थल, ५१८ मतदान केन्द्र, बारामा ३०३ मतदान स्थल, ५४१ मतदान केन्द्र र पर्सामा १६७ मतदान स्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको उनले जनाए।

निर्वाचनका लागि निर्वाचन अधिकृतको तालिम शुरु भएको र आगामी ८ गतेबाट स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोल्ने तयारीसमेत भइसकेको प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी पन्तले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved