कुल संक्रमितमध्ये ९९ प्रतिशतले जिते कोभिड

हाल देशभर सक्रिय संक्रमितको संख्या ३६५ रहेको छ भने होम आइसोलेसनमा ३६० र संस्थागत आइसोलेसनमा १५, आईसीयूमा नौ र भेन्टिलेटरमा एक जना रहेका छन्।

नेपालभ्युज

कुल संक्रमितमध्ये ९९ प्रतिशतले जिते कोभिड

काठमाडौं। नेपालमा कोरोना भाइरसका कुल संक्रमित मध्ये ९९ प्रतिशत कोरोनामुक्त भएका छन्।

नेपालमा हालसम्म पीसीआर र एन्टिजेन गरी ६७ लाख ४७ हजार ४८६ जनाको स्वाब परीक्षण गरिएको छ। जसमध्ये ११ लाख १८ हजार ८२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये नौ लाख ६६ हजार ३३९ जना (९८.७ प्रतिशत) कोरोनामुक्त भएका छन्। ११ हजार ९५१ जना संक्रमितले ज्यान गुमाएका छन्।

४ वैशाखमा तीन हजार ४८९ जनाको स्वाब परीक्षण गर्दा १२ जनामा कोरोना पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३६५ रहेको छ भने होम आइसोलेसनमा ३६० र संस्थागत आइसोलेसनमा १५, आईसीयूमा नौ र भेन्टिलेटरमा एक जना रहेका छन्।

सबैभन्दा बढी बागमती प्रदेशमा पाँच हजार १६८ कोरोना संक्रमितले ज्यान गुमाएका छन्। त्यसपछि बढी मृत्यु हुनेमा लुम्बिनी प्रदेश एक हजार ८६४ रहेको छ।

प्रदेश १ मा एक हजार ७१६ जना, मधेश प्रदेशमा ७८५, गण्डकीमा एक हजार ४२५, कर्णालीमा ४८४ र सुदूपश्चिममा ५०९ जना संक्रमितको मृत्यु भएको छ।

त्यसैगरी, सबैभन्दा बढी मृत्यु हुने ६० देखि ६९ वर्ष उमेर समूहका दुई हजार ५०४ जना रहेका छन् भने सबैभन्दा कम मृत्यु हुनेमा शून्यदेखि नौ वर्षका ५१ जना रहेका छन्।

त्यस्तै, विश्वभर हालसम्म ५० करोड ४३ लाख ९४ हजार ५१० जना कोरोना संक्रमित बने भने तीमध्ये ४५ करोड ५१ लाख ८८ हजार १८१ (९० प्रतिशत) जना संक्रमित निको भए। कुल संक्रमितमध्ये ६२ लाख २१ हजार ९८९ (१.२ प्रतिशत) को मृत्यु भयो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved