गठबन्धनले भोलिसम्म महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउने

नेपालभ्युज

गठबन्धनले भोलिसम्म महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउने

काठमाडौं। सत्ता गठबन्धनले भोलि (सोमबार)सम्म महानगरपालिका र उपमहानगरपालिकाको साझा उम्मेदवार टुंगो लगाउने भएको छ। आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले उम्मेदवार टुंग्याउने सहमति भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालभ्यूजलाई बताए।

बालुवाटारमा आज बिहान भएको छलफलमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू सहभागी थिए।

शीर्ष नेताबीच भएको छलफलमा महानगर र उपमहानगरको सिट बाँडफाँट र उम्मेदवारीको टुंगो भोलिसम्ममा लगाउने सहमति भएको हो। भोलि पुन: गठबन्धनको बैठक डाकिएकोमा भोलिको बैठकले देशैभरि चुनावी तालमेलेको अवस्थाबारेको प्रतिवेदनमाथि छलफल र समीक्षा गर्ने मन्त्री कार्कीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved