एमाले अध्यक्ष ओली हुम्ला जाँदै, दुई स्थानमा हुने आमसभालाई सम्बोधन गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बोधन गर्न जादैँछन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित आमसभालाई ओलीले सम्बोधन गर्नेछन्।

नेपालभ्युज

एमाले अध्यक्ष ओली हुम्ला जाँदै, दुई स्थानमा हुने आमसभालाई सम्बोधन गर्ने

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बोधन गर्न जादैँछन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित आमसभालाई ओलीले सम्बोधन गर्नेछन्।

जिल्लाको तीन ठाउँमा अध्यक्ष ओलीले भ्रमण गर्ने भए पनि निर्वाचन केन्द्रित दुई वटा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। बिहान ११ बजे हेलिकोप्टरबाट हुम्ला पुगे लगत्तै एमाले अध्यक्ष ओली पहिले उत्तरी नाम्खा गाउँपालिकाको लिमि भ्यालीमा पुग्ने र लिमि क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले बताए।

लिमीका बासिन्दासँग भेटेपछि नेपाल र चीनको सिमाना नाम्खा गाउँपालिकाको लिमीमा रहेको लोलुङजोङको हवाई अवलोकन गरेपछि अध्यक्ष ओलीले हुम्ला सदरमुकाम सिमकोटमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

ओलीले जिल्ला दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको श्रीनगरमा हुने सभालाई पनि सम्बोधन गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved