निर्वाचन प्रमुख आयुक्तको चिन्ताः चुनावको मितिप्रति नै संशय हुने अभिव्यक्ति आउन थाल्यो

नेपालभ्युज

निर्वाचन प्रमुख आयुक्तको चिन्ताः चुनावको मितिप्रति नै संशय हुने अभिव्यक्ति आउन थाल्यो

काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनको मितिप्रति नै संशय हुने खालका अभिव्यक्ति आउने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

प्रमुख निर्वाचन आयुक्त थपलियाले धेरै विषयमा बहस र छलफलपछि स्थानीय तह निर्वाचनको मिति तोकिएको भए पनि त्यसमाथि नै संशय हुने खालका अभिव्यक्ति कहीँकतै आएको उल्लेख गर्दै आयोग चिन्तित रहेको बताए।

शनिबार जनकपुरमा आयोजित स्थानीय तहको निर्वाचनको मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले आम मतदातालाई मतदानमा भाग लिन पाउने अधिकारप्रति सचेत बनाउने खालका सञ्चार सम्प्रेषण गर्न पनि सञ्चार माध्यामहरूलाई आग्रह गरे।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “निर्वाचनको यत्रो माहोल तयार गरिरहँद निर्वाचन आयोग, तपाईं हामी सबै निर्वाचन भनेको सयममा हुनुपर्दछ भनिरहँदा अहिले कहीँकतै निर्वाचनप्रति संशय हुने खालका अभिव्यक्तिहरू पनि आएको प्रति भने आयोग स्वाभाविक रूपले गम्भीर छ। म विनम्रतापूर्वक के अनुरोध गर्न चाहन्छु भने–निर्वाचनको मिति तय गर्नुभन्दा पहिले धेरै विषयमा बहस र छलफल भएकै थिए। ३० गते अथवा ज्येष्ठ ५ गते अगावै निर्वाचन हुनुपर्छ भनेर आयोगले भनिरहँदा संविधान र कानुनका विषयमा केही प्रसंगहरू चलेकै हुन। त्यसलाई निर्वाचन मिति तोक्ने विषयमा भनेको एउटा तर्कको रूपमा हामीले स्विकार गरेका पनि छौं। तर जव निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारबाट मिति तय भईसकेको र त्यसलाई सामाजिक सारथीको रूपमा रहेर जुन भूमिका निर्वाह गरिराखेको छ।”

प्रमुख निर्वाचन आयुक्त थपलियाले आम मतदातालाई दिग्भ्रमित पार्ने खालका समाचार सम्प्रेषण कुनै पनि सञ्चार माध्यामहरूले सम्प्रेषण नगर्ने विश्वास व्यक्त गरे। उनले स्थानीय तह निर्वाचनमा स्थानीय तहकै सञ्चार माध्यामहरू निर्वाचन प्रचारप्रसारका लागि बढी उपयोगी हुने भएकाले त्यहाँकै लागि आयोगले बढी बजेट विनियोजन गरेको उल्लेख गर्दै सबै सञ्चार माध्यामहरूले विना भेदभाव त्यसको लाभ लिन सक्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved