आईएमईको नयाँ वर्ष योजना : साप्ताहिक र बम्परमा ६१ जना लाभान्वित हुने

नेपालभ्युज

आईएमईको नयाँ वर्ष योजना : साप्ताहिक र बम्परमा ६१ जना लाभान्वित हुने

काठमाडौं।नयाँ वर्ष २०७९ को अवसरमा आइएमई पेले ‘आइएमई २०७९ मा २०७९’ नामक सेवाग्राहीमैत्री व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ। यो योजना १ वैशाख देखि ३१ वैशाखसम्म ३१ दिन कायम रहने कम्पनीले जनाएको छ।

सोही योजनाबारे जानकारी दिन आयोजित कार्यक्रममा संक्षिप्त मन्तव्य ब्यक्त गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले पर्व वा विशेष अवसरलाई लक्षित गरी तयार पारिएको यस्ता कार्यक्रमले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका खेल्ने बताए।

‘आइएमई २०७९ मा २०७९’ को यो अभियानमा विदेशबाट आइएमईमार्फत पठाइएको रकम प्राप्त गर्दा हरेक हप्तामा १५ जना विजेता रहने गरी यो योजना अवधिभरि जम्मा ६० जना भाग्यशाली विजेताहरूले प्रतिव्यक्ति  दुई हजार ०७९ पउनेछन् भने बम्परमा १ भाग्यशाली विजेतालाई २ लाख ७ हजार ९०० रुपैयाँ प्रदान गरिनेछ।

यो योजनामा सहभागी भएका सेवाग्राहीमध्ये कूल ६१ जना विजेताहरू लाभान्वित हुनेछन् भने यसका विजेताहरू सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिने कम्पनीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved