आज भक्तपुरमा आज जिब्रो छेड्ने जात्रा, नवौँ पटक जिब्रो छेडाउँदै बाग श्रेष्ठ

विस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ। बोडेका ४९ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले यो वर्ष नवौँ पटक जिब्रो छेडाउने भएका छन्।

नेपालभ्युज

आज भक्तपुरमा आज जिब्रो छेड्ने जात्रा, नवौँ पटक जिब्रो छेडाउँदै बाग श्रेष्ठ
फाइल तश्वीर

काठमाडौं। भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बोडेमा आज (शुक्रबार) जिब्रो छेड्ने जात्रा हुँदैछ। विस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ। बोडेका ४९ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले यो वर्ष नवौँ पटक जिब्रो छेडाउने भएका छन्।

जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्ने गर्दछन्। व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नुनसमेत नखाने गरिन्छ।

व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने गरिन्छ। जिब्रो छेड्ने पाँचो गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले जिब्रो छेड्ने व्यक्तिको जिब्रो छेडिदिन्छन्।

एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इन्च लामो सुइरो जिब्रोमा छेड्ने गरिन्छ। त्यसपछि जिब्रो छेड्ने व्यक्तिले महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन हुने गर्दछ।

यसै गरी भक्तपुरको मध्यपुर थिमिको विस्का जात्राको छैटौँ दिन शुक्रबार नै मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाइँदै छ। ३२ वटा खटसहितको सिन्दुर जात्रा मनाइने भए पनि केही वर्षयता खटको सङ्ख्यामा कमी हुँदै आएको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved