शरीरमा तीन चीजको कमीले फुट्छन् ओंठ

नेपालभ्युज

शरीरमा तीन चीजको कमीले फुट्छन् ओंठ

एजेन्सी । त्यसो त ओंठ फुट्ने समस्या जाडोमा धेरै हुने गर्छ । तर, कतिपयलाई गर्मी मौसममा पनि ओंठ फुट्ने समस्या हुने गर्छ । यसको पछाडि शरीरमा हुने केही तत्वहरुको कमीले पनि हुन्छ ।

गर्मीमा शरीरमा पानीको पनि कमी भइरहेको हुन्छ, जसले गर्दा ओंठ फुट्छन् । त्यस्तै, ओंठ फुट्नुका पछाडि अन्य भिटामिनहरुको कमी पनि हुने गर्छ । ती कस्ता भिटामिन हुन्, जसको कमीले ओंठ फुट्ने समस्या आउँछ। यसबारेमा जानौं-

भिटामिन बी
शरीरमा जब भिटामिन बी९, भिटामिन बी२, भिटामिन बी६ र भिटामिन बी१२ को कमी हुन थाल्छ, जसले गर्दा ओंठहरु सुख्खा हुन थाल्छन् । यसलाई पाइरिडोक्सिनको नाम पनि जान्न सकिन्छ । यसको कमी पूरा गर्नका लागि विभिन्न प्रकारका अनाज, फलहरु, मासु आदि सेवन गर्नुपर्छ ।

आइरन
शरीरमा राम्रो तरिकाले रगत सञ्चार हुनका लागि आइरनको एकदमै आवश्यकता हुन्छ । यसले शरीरमा अक्सिजन ट्रान्सपोर्ट गर्ने काम पनि गर्छ । यसको कमी हुँदा ओंठहरु सुख्खा हुने र फुट्ने समस्या पनि आउन सक्छ । यसको कमी पूरा गर्नका लागि आइरनयुक्त खानेकुराहरु खानुपर्छ जसमा हरियो साग, आइरन चक्की आदि खान सकिन्छ ।

जिंक
शरीरमा जिंक पनि एउटा जरुरी न्यूट्रिशन हो, जसको कमी हुँदा छालाको स्वास्थ्य, पाचन प्रणाली, रोग प्रतिरोधात्मक क्षमता, शारीरिक वृद्धि आदि सबैमा समस्या हुन सक्छ । यति मात्र नभएर जिंकको कमीले ओंठ फुट्ने समस्या पनि हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved