नव सुन्ताखान एकेडेमीको झण्डा सर्वोच्च शिखरमा

नेपालभ्युज

नव सुन्ताखान एकेडेमीको झण्डा सर्वोच्च शिखरमा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-३ मा अवस्थित नव सुन्ताखान एकेडेमीको झण्डा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेको छ ।

विद्यालयका प्रधानाध्यापक सुदर्शन थापाका अनुसार आरोही सोना शेर्पाले विद्यालयको झण्डा शिखरमा पुर्याएका हुन् ।

विद्यालयले गत फागुन २४ गतेदेखि ‘मिसन टु सगरमाथा’ यात्रा सुरु गरेको थियो । यस क्रममा आरोही सोनाले वैशाख ३१ गते शिखरमा पुगी विद्यालयको झण्डा फहराएको थापाले जानकारी दिए ।

अहिले सोना आधार शिविरमा आइसकेका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved