दमका बिरामीका लागि एसीमा बस्नु खतरनाक 

नेपालभ्युज

दमका बिरामीका लागि एसीमा बस्नु खतरनाक 

एजेन्सी । गर्मी मौसममा एसीको प्रयोग बढ्न थालेको छ । तर, दम रोगले पीडित व्यक्तिका लागि भने एसीमा बसिरहनु वा रातमा एसी खोलेर सुत्नु खतरनाक हुन सक्छ ।

यसले विभिन्न समस्याको सामना गर्नुपर्ने हुन सक्छ । यसबाट हुने समस्या र त्यसबाट बच्ने उपायका बारेमा जानौं-

विशेषज्ञको भनाईअनुसार लामो समयसम्म प्रयोग नगरिएको एसी प्रयोग गर्दा यसमा जमेका फोहोर तथा साना धुलोका किटाणु श्वासको माध्यमबाट फोक्सोसम्म पुग्छन् । जसले गर्दा दमका बिरामीलाई अझै बढी समस्या हुन सक्छ ।

एसी सफाई गरेको केही दिनसम्म दम भएका बिरामी त्यसमा बस्नु हुँदैन । सफा गरेपछि पनि रहेको फोहोर समस्याको कारण बन्न सक्छ ।

प्रयोग गर्नैपर्ने स्थितिमा कोठामा बस्नु वा सुत्नु अघि सधै एसीको फिल्टर सफा गर्नुहोस् ।

एसीको अगाडि सुतेको वा बसेको अवस्थामा तपाईंलाई स्वास फेर्न समस्या भयो भने कोठाको झ्याल ढोका खोल्नुहोस् ।

दम भएका व्यक्ति एसीमा बस्नु वा सुत्नु अघि सधै औषधि वा पम्प साथमा राख्ने गर्नुहोस् । कुनै पनि बेला समस्या आइपर्न सक्छ ।

एसी भएको कोठा वा गाडीमा बस्दा समस्या भएमा मास्कको प्रयोग पनि गर्न सकिन्छ । मास्क लगाउँदा एसीबाट आएका साना साना धुलोका कण सिधै नाकमुखभित्र जाँदैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved