रक्सीको मातमा भीडमा गाडी चलाउँदा एकको मृत्यु, पाँच जना गम्भीर घाइते

नेपालभ्युज

रक्सीको मातमा भीडमा गाडी चलाउँदा एकको मृत्यु, पाँच जना गम्भीर घाइते
सांकेतिक तस्वीर

झगडा भएर भागेका युवकले तीव्र गतिमा कार चलाउँदा एक जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन्।

भारतको लखनउस्थित गोसाईगञ्जमा दुर्घटना भएको हो। ती युवकले भीडमाथि नै तीव्र गतिमा गाडी चलाएका थिए। घटना बुधबार राति त्यहाँस्थित एक विवाह समारोहको हलबाहिर भएको थियो।

अभियुक्त युवक विवाह हलमा आयोजना भएको तिलक समारोहमा सहभागी हुन् पुगेका थिए। त्यहाँ उनको अर्का युवकसँग झगडा गरेका र त्यसपछि उनी त्यहाँबाट निस्किएका थिए। करीब १० मिनेटपछि उनी फेरि आएका थिए। र विवाह हलबाहिर उभिरहेका मानिसहरूलाई गाडीले कुल्चिएर फरार भएका थिए। उक्त सम्पूर्ण घटना त्यहाँ जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको थियो।

विवाह कार्यक्रममा ती युवकले झगडा गरेका थिए। तर मानिसहरूले दुवैलाई शान्त पारेका थिए। गाडी चलाउने युवकको नाम आशीष यादव भएको प्रहरीहरूले जनाएका छन्। उनी रक्सीको नशामा भएका प्रत्यक्षदर्शीहरूले जनाएका छन्। उनको गाडीको ठक्करबाट सुरज यादव नाम गरेका युवकको ज्यान गएको हो।

अभियुक्त आशिषविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। प्रहरीले आरोपीलाई पक्राउ गर्न छापा मारिरहेका जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved