लक्षित जनसंख्याको ८३ प्रतिशतले लगाए दुवै डोज खोप

हालसम्म २३ लाख ४७ हजार २२२ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन्।

नेपालभ्युज

लक्षित जनसंख्याको ८३ प्रतिशतले लगाए दुवै डोज खोप
फाइल तस्वीर

काठमाडौं। नेपालमा हालसम्म लक्षित जनंसख्याको ८३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्। कोरोनाविरुद्धको खोप अभियान शुरु भएको एक वर्षभन्दा बढी समयमा ८३ प्रतिशतले खोप लगाएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक करोड ९९ लाख २२ हजार लक्षित जनसंख्या (१८ वर्ष वा सोभन्दा माथि)मा पहिलो मात्र खोप एक करोड ८७ लाख ६० हजार (९३.९ प्रतिशत) ले लगाएका छन् भने दोस्रो मात्रा खोप एक करोड ६५ लाख ५० हजार २२३ (८३.१ प्रतिशत) ले लगाएका छन्।

त्यस्तै, नेपालको कुल जनसंख्यामध्ये २ करोड २१ लाख २७ हजार १६६ (७५.८ प्रतिशत) ले कम्तिमा एक मात्रा खोप लगाए भने एक करोड ९३ लाख ३६ हजार ६०४ (६६.०२ प्रतिशत)ले दोस्रो मात्रा खोप लगाएका छन्।

१२ देखि १७ वर्षसम्मका ३४ लाख २५ हजार लक्षित बालबालिकामध्ये ३१ लाख ४५ हजार ४५१ (९२ प्रतिशत) ले पहिलो मात्रा खोप लगाएका छन् भने २५ लाख ८४ हजार ३२६ (७५ प्रतिशत) ले दोस्रो मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ।

त्यस्तै, हालसम्म २३ लाख ४७ हजार २२२ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन्। नेपाल हालसम्म ४ करोड ७८ लाख ८२ हजार ८ डोज खोप ल्याइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved