मुम्बई इन्डियन्सको लगातार पाँचौँ हार

यो सिजन निकै खराब फर्ममा रहेको मुम्बई जारी लिगमा एक खेल पनि नजित्ने एक मात्र टिम बनेको छ।

नेपालभ्युज

मुम्बई इन्डियन्सको लगातार पाँचौँ हार

काठमाडौ। सर्वाधिक पाँच पटकको उपाधि विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को जारी सिजनमा लगातार पाँचौँ हार भोगेको छ। लिगको गएरातिको खेलमा मम्बईलाई पन्जाब किंग्स्ले १२ रनले पराजित गर्‍यो।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९८ रनको योगफल बनाएको थियो।

पन्जाबका लागि शिखर धवनले सर्वाधिक ७० र मायंक अग्र्रवालले ५२ रन जोडेका थिए। ओपनरद्वय शिखर र मायंकले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए।

जवाफमा मुम्बईले २० ओभरको पुरै खेल खेले पनि नौ विकेट गुमाउँदै १८६ रनमा समेटिएपछि लगातार पाँचौँ खेलमा जित निकाल्न सकेन। मुम्बईका लागि ब्रेबिसले सर्वाधिक ४९ र सूर्य कुमार यादवले ४३ रनको योगदान दिएका थिए।

मुम्बई आईपीएल इतिहासकै सबैभन्दा सफल क्लब हो। तर, यो सिजन निकै खराब फर्ममा रहेको मुम्बई जारी लिगमा एक खेल पनि नजित्ने एक मात्र टिम बनेको छ।

यो हारपछि मुम्बईको यो सिजन प्ले अफमा पुग्ने सम्भावना निकै न्यून बनेको छ। लिगको पाँच खेलमा तेस्रो जितपछि पन्जाबको भने ६ अंक भएको छ। लिगको शीर्ष स्थानमा रहेका ६ क्लबको नै समान ६ अंक छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved