च्याम्पियन्स लिगबाट बार्यन बाहिरियो, भिल्लारियल सेमिफाइनलमा

नेपालभ्युज

च्याम्पियन्स लिगबाट बार्यन बाहिरियो, भिल्लारियल सेमिफाइनलमा

एजेन्सी । बार्यन म्युनिखविरूद्ध २-१ को जीत निकाल्दै भिल्लारियलले युरोपेली च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।

प्रतिस्पर्धात्मक दोस्रो लेगमा रोबर्ट लेवान्डोस्कीले ५२ औं मिनेटमा गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए। तर भिल्लारियलबाट ६८ औं मिनेटमा स्यामुयल चुकविजेले बराबरी गाेल फर्काए।

यसअघि पहिलो लेगमा १-० ले अघि रहेको भिल्लारियलले यस बराबरीसँगै समग्रमा २-१ को जीत दर्ता गर्‍यो। भिल्लारियले १६ वर्षपछि पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved