निर्वाचन आयोगले फेर्‍यो भरतपुरको मुख्य निर्वाचन अधिकृत

यसअघि, २०७४ को निर्वाचनमा मतपत्र च्यातिएपछि विवादमा परेको भरतपुरमा अहिले मुख्य निर्वाचन अधिकृत फेरिएको हो।

नेपालभ्युज

निर्वाचन आयोगले फेर्‍यो भरतपुरको मुख्य निर्वाचन अधिकृत

काठमाडौं। निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृत परिवर्तन गरेको छ।

यसअघि, मुख्य निर्वाचन अधिकृतको जिम्मेवारीमा रहेका जिल्ला न्यायाधीश हेमन्त रावल हटाइएका छन्।

रावलको ठाउँमा अर्का जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीलाई आयोगले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारीमा खटाएको छ।

स्थानीय निर्वाचनको ठीक एक महीनाअघि भरतपुरमा मुख्य निर्वाचन अधिकृत फेरिएको हो। यसअघि, २०७४ को निर्वाचनमा मतपत्र च्यातिएपछि विवादमा परेको भरतपुरमा अहिले मुख्य निर्वाचन अधिकृत फेरिएको हो।

भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोडबलमा उनकी छोरी रेनु दाहाल मेयरमा दोहोरिने तयारीमा छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved