निजी क्षेत्रलाई सहज हुने गरी ऐन बनाएर सहजीकरण गर्छौँ : मुख्यमन्त्री राई

नेपालभ्युज

निजी क्षेत्रलाई सहज हुने गरी ऐन बनाएर सहजीकरण गर्छौँ : मुख्यमन्त्री राई
फाइल फोटो

विराटनगर। प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईले सरकारले निजी क्षेत्रलाई सहयोग गर्ने बताएका छन्। मोरङ व्यापार संघद्वारा आयोजित १० दिने व्यापार मेलाको समापन समारोहमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन्।

उनले ऐन, नियम र शान्ति सुरक्षा सुव्यवस्थापन कायम गरेर सरकारले उद्योगी/व्यावसायीलाई सहयोगको प्रतिवद्धता व्यक्त गरे। उनले भने, ‘‘तपाईहरू मुख्य भुमिकामा हुनुहुन्छ, तपाईहरूलाई सहज हुने गरी हामी ऐन, नियम र कानून बनाएर सहजीकरणको गर्छौँ।’’

उनले स्वदेशी उत्पादनको प्रर्वद्धन र राष्ट्रिय पुँजीलाई बढाउन यस किसिमका मेलाले निरन्तरता पाउनुपर्ने जोड दिए।

यसैगरी विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले दीगो आर्थिक विकासको लागि औद्योगिक प्रर्दशनस्थल बनाउन आवश्यक रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved