पाकिस्तानमा इमरान र उनको पार्टीको भविष्य कस्तो रहला ?

पाकिस्तानमा इमरान र उनको पार्टीको भविष्य कस्तो रहला ?

सर्वोच्च अदालतले संसद् विघटन बदर गर्ने निर्णय गरेपछि बसेको संसद्को बैठकले प्रधानमन्त्री इमरान खानमाथि अविश्वासको प्रस्ताव पारित गरेको छ। इमरान र उनको पार्टी तहरीक–ए–इन्साफमाथि ठूलो झट्का लागेको भएपनि सर्वोच्चको फैसला पाकिस्तानको राजनीतिक र न्यायिक इतिहासमा एउटा कोशेढुंगा साबित हुने छ।

संसद् भंग गर्दै संविधानलाई ट्रयाकबाट लगभग बाहिर पठाउने इमरानको कदमलाई मात्रै यसले गलत साबित गरेन, संविधानलाई ट्रयाकमा ल्याएर इमरानलाई सरकारबाहिर पठाइदियो।

यसका बाबजुद पछिल्ला साताहरूमा देशको अवस्था जसरी बिग्रिएको छ, त्यो चाडैं निको हुनेवाला छैन।
सरकारमा अब जोसुकै आओस्, ऊ विवादबाट टाढा हुनेछ र देशका सबै लोकतान्त्रिक संस्थाहरूलाई प्रभावकारी बनाउनेछ भन्ने आशासम्म गर्न सकिन्छ।

तर, देशमा फैलिएको घृणाको विषलाई चाडैं हटाउन सकिने परिस्थिती छैन। इमरानको पार्टी पाक तहरीक–ए–इन्साफ (पीटीआई) ले जुन घृणायुक्त राजनीति प्रदर्शन गर्‍यो, संविधानको उल्लंघन गर्दै जसरी आधा–अधुरो लोकतान्त्रिक बाटो रोजेर लापरवाही ग¥यो, त्यसको मूल्य अहिले देशले चुकाइराख्नुपरेको छ।

संविधान मान्ने कुनै पनि राजनीतिक पार्टीले महत्वपूर्ण फैसला लिँदा यस्तो कमजोर मनस्थिती कसरी देखाउनसक्छ ? जनताले नियालिरहेका छन्।

जनताबाट चुनिएको एउटा पार्टीले यस्तो संस्कृति कसरी प्रदर्शन गर्नसक्छ, जसको आडमा उसले लोकतन्त्रका अन्य संस्थाहरूको दाँजोमा आफूलाई अधिक महत्वपूर्ण मानोस् र यस प्रक्रियामा देशकै संरचनालाई हल्लाओस्। साँचोमा पीटीआई आफ्नै गल्तीले हारेको हो।

यदी आउने महीना र वर्षहरूमा उसले आफैंलाई बदल्ने मनासाय राख्छ भने पहिले आफ्नो गल्ती स्विकार्नुपर्छ। तर, उसले आफ्नो गल्ती स्विकार्ने मनसाय राख्छजस्तो पनि देखिएको छैन। यस्तोमा यो पार्टी बिग्रिरहनेछ र उसको पतन पनि तय छ। हार्नेछ र आफ्नै अन्तर्विरोधको जञ्जालमा फस्नेछ। सत्ता जोगाउन उसले गरेको हर्कतको बदलामा उसलाई घृणा नै मिल्नेछ। आउने दिनहरूमा यो पार्टीले निकै ठूला समस्याहरू सामना गर्नुपर्नेछ।

तर पीटीआईका जे समस्याहरू छन्, त्यसको जवाफ घृणाबाट मिल्दैन।

अहिलेको स्थितीमा पीटीआईका आलोचकहरू खुसी होलान्, पीटीआईलाई उसको कर्मको फल मिलेको देखेका विपक्षी पार्टीहरूले सत्तामा आएपछि आफ्नो छवि राम्रो बनाउने काम गर्नसक्लान्, तर पीटीआईको समस्याको हल यतिले हुँदैन।
जनताको आशामा खरो उत्रन नसक्दा पीटीआई कमजोर भएको हो। पीटीआईले जे गर्‍यो, त्यसले पाकिस्तानी समाजको अध्येंरो–उज्यालोलाई प्रतिबिम्बित गर्छ। यहीकारण यो पार्टीले लामो समयसम्म पाकिस्तानी समाजलाई प्रभावित गर्ने तय छ।

एक पार्टीका रूपमा पीटीआईको विद्यमान कदम उसकै अस्तित्वका लागि अति खतरनाक छ। खासगरी अन्तिम दिनहरूमा यस पार्टीले आफ्नो छवि टुक्रा–टुक्रा बनायो।

जबकी, पार्टीको छवि वा विचारधाराको तुलनामा उसको कामकाजले महत्वपूर्ण अर्थ राख्छ। एक पार्टीका रूपमा पीटीआई पुनर्जिवित हुनुपर्छ। उसले आफ्ना काम कारबाहीको कडा मुल्याङकन गर्नुपर्छ।

तर पीटीआई होस् वा अन्य पार्टी, कोही पनि आफ्ना गल्ती सच्याउन चाहन्नन्। यस्तोमा के गर्न सकिन्छ र ?

पीटीआईको कारबाहीलाई फराकिलो रूपमा हेर्नुस् र यसको नतिजा के आयो भनेर नियाल्नुस् सत्तारुढ पार्टीको अन्धो समर्थन र यर्थाथबाट नजर हटाउने प्रवृत्तिले देशमा आशा, विश्वास, खुसी, आत्मविश्वास, आक्रोश, दुश्मनीजस्ता मिल्दोजुल्दो धारणा पैदा गरेको थियो।

आफ्ना यी अन्तर्विरोधयुक्त मानवीय भावनाहरूलाई अलग अलग राखेर सार्थक नतिजा कसरी निस्कनसक्छ। पीटीआईको यो कोशिस थियो। र, यसमा ऊ विफल भयो।

तर पीटीआईको विफलता उसको असफलता मात्र होइन। यदी तपाईले उसको काम कारबाही हेरेर विश्लेषण गर्नुभयो भने पाकिस्तानका मुख्याधाराका राजनीतिकि पार्टीहरूले मानिसहरूको आशामाथि न्याय गर्न नसक्दा यस्तो स्थिती पैदा भएको देख्नसक्नुहुन्छ।

सैन्य शासनका कारण पनि यहाँका राजनीतिक पार्टीहरूमा आवश्यक सुधार संभव हुन सकेन। पीटीआईको शुरूवाती दिनहरूमा जो मानिस इमरान खानको आसपास जम्मा भएका थिए। उनीहरू स्वप्नदर्शी थिए र एकदिन आवश्यक रुपान्तरण ल्याउन सकिन्छ भन्नेमा विश्वस्त थिए।

तर, पछि गएर पीटीआई के भयो, त्यसलाई यहाँ दोहोर्‍याइरहन नपर्ला।

उसलाई सैनिकको समर्थन मिल्यो, जो पाकिस्तानमा कुनै पनि सत्तारूढ राजनीतिक पार्टीलाई अस्तित्वमा रहनका लागि अनिवार्य छ। त्यसमा यस्तो तत्व घुसे, जसकारण योपार्टी बदनाम धेरै भयो र अहिले आएर उसले संविधानको खुला उल्लंघन गर्‍यो। राष्ट्रिय हीतको हावला दिदैं अरूमाथि षड्यन्त्रको आरोप लगायो।

हारको स्थितीमा खेल भावनाका साथ हार स्विकार्ने कलाको अभाव पनि यसका देखियो। स्पष्ट छ, पछिल्ला केही दिनका घटनाक्रमले उसको छविमा धब्बा लागेको छ।

(पाकिस्तानी सञ्चारमाध्यम डनबाट)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved