नवनियुक्त बार अध्यक्ष घिमिरे भन्छन् : भ्रष्टाचारमुक्त न्यापालिकाका लागि अभियान चलाउँछु

नेपालभ्युज

नवनियुक्त बार अध्यक्ष घिमिरे भन्छन् : भ्रष्टाचारमुक्त न्यापालिकाका लागि अभियान चलाउँछु

काठमाडौं। नेपाल बार एशोसिएशनका नवनिर्वाचित अध्यक्ष गोपालकृष्ण घिमिरेले भ्रष्टाचारमुक्त न्यायपालिका बनाउन अभियान चलाउने बताएका छन्।

शुक्रबार सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसनिकट घिमिरेसहित वृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहको प्यानल विजयी भएको छ। विजयी भएपछि प्रतिक्रिया दिँदै उनले कानून व्यवसायलाई मर्यादित र व्यवस्थित पेशा बनाउने प्रतिवद्धता व्यक्त गरे।

‘‘विकृति, विसंगतिप्रतिविहीन, भ्रष्टाचारमुक्त न्यायपालिका हाम्रो प्रमुख उद्देश्य हो साथै एउटा मर्यादित पेशा, व्यवस्थित पेशा बनाउने पनि हाम्रो अर्को प्रमुख उद्देश्य हो,” उनले भने, ‘‘ त्यसैले हामी यसमा लागि पर्नेछौँ । तीन वर्षको पूरा कार्यकाल हामी एउटा सक्षम न्यायालय र एउटा सक्षम कानूनकर्मीको उत्पादनका लागि लागिपर्नेछौँ ।’

नवनिर्वाचित अध्यक्ष घिमिरेले कानून व्यवसायमा भविष्य छ भन्ने कुरा नवोदित कार्यसमितिले भरोसा दिलाउने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved