उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो चैती छठ

मधेश प्रदेशमा शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै चैती छठ सकिएको छ। लामो समयको पर्खाईपछि उनीहरूले सूर्यलाई अर्घ दिएका हुन्। निर्जल उपवास बसेका व्रतालुहरूले बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका थिए।

नेपालभ्युज

उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो चैती छठ

काठमाडौं। मधेश प्रदेशमा शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै चैती छठ सकिएको छ। लामो समयको पर्खाईपछि उनीहरूले सूर्यलाई अर्घ दिएका हुन्। निर्जल उपवास बसेका व्रतालुहरूले बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका थिए।

तराई मधेशको सबैभन्दा ठूलो तथा महान् पर्वको रुपमा छठ व्रतलाई मान्ने गरिन्छ। छठ पर्व तराईकै सबैभन्दा ठूलो चाड भए पनि मधेश प्रदेश सरकारले यो पर्व मनाउन सार्वजनिक बिदा दिएको छैन।

छठ व्रत मान्ने व्रतालुहरूले जनकपुरको गंगासागर, धुनुषसागर, अरगज्जा सागर, दशरथ तल्ला लगायतका छठीघाटमा रातभरि जाग्राम बसेर भजन–कीर्तन गरेका थिए।

व्रतालुले भरिभराउ छठीघाटहरुबाट अहिले झक्तजनहरु आ आफ्नो घर फर्किन थालेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved