संयुक्त समाजवादी मोर्चा नेकपा एसमा विलय

नेपालभ्युज

संयुक्त समाजवादी मोर्चा नेकपा एसमा विलय

काठमाडौं। नेकपा(क्रान्तिकारी माओवादी)बाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ।

नेकपा(क्रान्तिकारी माओवादी) परित्याग गरी सो पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पूर्वकेन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा गठन भएको संयुक्त समाजवादी मोर्चा नेकपा(एकीकृत समाजवादी)मा समाहित भएको हो।

बिहीबार नेकपा(एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव बेदुराम भुसालले मोर्चाका अध्यक्ष भण्डारीसहित दजनौँलाई एकीकृत समाजवादीमा प्रवेश गराए।

पार्टी प्रवेश गर्दै मोर्चाका अध्यक्ष भण्डारीले आफुहरुको तत्कालीन पार्टीले निर्वाचनलाई बहिष्कार, उपयोग र फेरि बहिष्कारको नीति लिएर यथास्थिति गोलचक्करमा फसेकाले सो पार्टी परित्याग गरी संयुक्त समाजवादी मोर्चा गठन गरिएकोमा एकीकृत समाजवादीसँग आफूहरू सिद्धान्त मिलेकाले प्रवेश गरिएको बताए।

एकीकृत समाजवादीको शान्तिपूर्ण ढंगले समाजवादी क्रान्तितर्फ अघि बढ्ने लक्ष्यमा आफूहरूको योगदान हुने उनले बताए। उनले आफ्नो मोर्चामार्फत देशभरका ३५ वर्ष मुनिका २ सयभन्दा बढी नेता, कार्यकर्ता एकीकृत समाजवादीमा समाहित भएका पनि जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved